आचार्य:

Masters Degree

नेपाल संस्कृत विश्वविद्यालयमा दुईबर्से आचार्य (स्नातकोत्तर) तह रहेको छ । त्यहाँ व्याकरण, साहित्य, ज्योतिष आदि १७ भन्दा धेरै विषय स्वीकृत छन् । पिण्डेश्वर विद्यापीठमा चाहिं आचार्य तहमा नव्यव्याकरण र साहित्य गरी दुईवटा विषयमात्र स्वीकृत रहेका छन् । सामान्यतया शास्त्री अन्तिम वर्षको रिजल्ट प्रकाशित भएपछि आचार्य तहमा भर्ना लिने गरिएको छ । सामान्यतया मूल विषय व्याकरण लिएर शास्त्री उत्तीर्ण गरेका विद्यार्थीले व्याकरणमा र साहित्य लिएकाले साहित्य विषयमा आचार्य तहमा प्रवेश पाउने व्यवस्था रहेको छ । आचार्य पहिलो र दोस्रो वर्ष ५०० – ५०० गरी जम्मा १००० पूर्णाङ्कको रहेको छ । आाचार्य तहका विद्यार्थीको मुख्यस्रोत यहीबाट शास्त्री उत्तीर्ण गरेका विद्यार्थी हुन्, साथै भारतका विभिन्न संस्कृत विश्वविद्यालयबाट समेत आचार्य तहमा अध्ययनार्थ यहाँ विद्यार्थीहरू आउने गरेका छन् । यहाँ यी सबै तह र कक्षाको पठनपाठन दिवासत्रमा दिउँसो १० बजेदेखि ४ बजेसम्म हुने गरेको छ ।