Masthead Image
ANNOUNCEMENTS
📢 Admission Open for 2023-24 Academic Year   |   🎓 Congratulations to our Graduating Class of 2023   |   🏆 Our Research Team Won National Science Award   |   📚 New Library Resources Available for Students   |   🌟 Campus Ranked #1 in Regional Excellence

प्राक्शास्त्री

Oct 12, 2022
संस्कृत नपढेका तर अन्य विषयबाट +२ उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले संस्कृत पढ्न चाहेमा उनीहरूलाई प्राक्शास्त्री कक्षामा भर्ना लिइन्छ । यो कुनै तह नभई सेतु कक्षा (Bridge Course) हो । यस कक्षामा १२ कक्षाको जाँच दिएका विद्यार्थीहरू पनि सहभागी हुन सक्छन् तर ६ महिनाको पढाइपछि विश्वविद्यालयले लिने प्राक्शास्त्री कक्षाको परीक्षामा उत्तीर्ण भएपछि र कक्षा ११ एवम् १२ उत्तीर्ण भएपछि मात्र शास्त्री (Bachelor) तहमा विद्यार्थीले भर्ना पाउनेछन् । यो कोर्स पढ्न मासिक शुल्क लाग्दैन । यस कक्षामा विद्यार्थीले तीन वटा विषय पढ्ने व्यवस्था छ । ‘संस्कृत व्याकरण’ र ‘संस्कृत भाषा वाङ्मय’ अनिवार्य विषयका रूपमा पढ्नुपर्ने छ भने व्याकरण, न्याय, ज्योतिष र वेदमध्ये कुनै एक ऐच्छिक विषयका रूपमा विद्यार्थीले पढ्न पाउनेछन् । पहिले साधारण मा.वि.बाट एस्.एल्.सी. वा एस.इ.ई. उत्तीर्ण विद्यार्थीहरूले ५ महिने संस्कृत भाषाप्रशिक्षण लिई उत्तरमध्यमा तहमा भर्ना हुन पाउँथे, अहिले विश्वविद्यालयबाट उत्तरमध्यमा तह हटाइए पछि संस्कृत माविहरूले भाषा प्रशिक्षण कक्षा सञ्चालन गरी उक्त प्रशिक्षण उत्तीर्ण विद्यार्थीहरूलाई संस्कृतअन्तर्गतको कक्षा ११ मा भर्ना गर्दै आएका छन् । त्यस्तो प्रशिक्षण नलिएका वा ११, १२ कक्षामा १०० पूर्णाङ्कको पनि संस्कृत नपढेका विद्यार्थीले संस्कृत पढ्न चाहेमा यो प्रशिक्षण पार गर्नुपर्ने हुन्छ । अन्य माविबाट १२ कक्षा उत्तीर्ण गरेका ५०–१०० विद्यार्थीहरू प्रतिवर्ष यी कक्षामा आउने गरेका छन् ।