Masthead Image
ANNOUNCEMENTS
📢 Admission Open for 2023-24 Academic Year   |   🎓 Congratulations to our Graduating Class of 2023   |   🏆 Our Research Team Won National Science Award   |   📚 New Library Resources Available for Students   |   🌟 Campus Ranked #1 in Regional Excellence

शास्त्री

Oct 12, 2022
संस्कृत माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका वा संस्कृतबाहेकका अन्य विषय लिई १२ उत्तीर्ण गरी प्राक् शास्त्री कक्षाको परीक्षासमेत उत्तीर्ण गरेका विद्यार्थीहरूले शास्त्री तहमा भर्ना हुन पाउने छन् । अहिले शास्त्री तह चारबर्से रहेको छ । सामान्यतया कक्षा १२ को रिजल्ट प्रकाशित भएपछि शास्त्री तहमा प्रवेश लिइन्छ । मान्यता प्राप्त जुनसुकै विश्वविद्यालय वा विद्यालयबाट संस्कृत विषय लिई उत्तरमध्यमा वा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई शास्त्री तहमा भर्ना गरिन्छ । यहाँ वार्षिक प्रणालीअनुसारको चार बर्से स्नातक तह सञ्चालित छ, जसमा (चार वर्षमा) अनिवार्यतर्फ नेपाली, अङ्ग्रेजी/वैकल्पिक संस्कृत रचना र संस्कृत गरी ५०० पूर्णाङ्कका, ऐच्छिक कवर्गीय विषय (वेद, न्याय, व्याकरण, धर्मशास्त्र, साहित्य र ज्योतिष मध्ये एउटा रोज्नुपर्ने) ८०० पूर्णाङ्कका र ऐच्छिक खवर्गीय आधुनिक विषय (नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र मध्ये १ रोज्नुपर्ने) ८०० पूर्णाङ्कका गरी चार वर्षमा जम्मा २१०० पूर्णाङ्कका विषयहरू निर्धारित छन् । यहाँ शास्त्री पढ्न अहिले पूर्वी नेपालका संमावि (चन्द्र संस्कृत मावि धरान, गायत्री सं.मा.वि. विराटनगर, पाञ्चाली सं.मा.वि. विराटनगर, साङ्गवेद सं.मा.वि. चारपाने झापा, तोरीबारी इलाम आदि) विभिन्न गुरुकुल (गुरुकुलमा पढेर भारतबाट १२ कक्षा उत्तीर्ण गरेका) र प्राक् शास्त्री तहको भाषाप्रशिक्षणबाट प्रतिवर्ष विद्यार्थी आउने गरेका छन् । यसरी शास्त्री प्रथम वर्षमा प्रवेश लिन आउने विद्यार्थीहरुको संख्या प्रतिवर्ष ६०–१०० सम्म हुने गरेको छ ।