Administration
पुस्तकालय-शाखा
विद्यापीठमा अध्ययनरत विद्यार्थीहरुलाई, कार्यरत प्राध्यापक–कर्मचारीलाई एवम् आगन्तुक जिज्ञासुहरुलाई पुस्तक अध्ययनको र वाचनालयको सुविधा उपलब्ध गराउन यस विद्यापीठमा २०१३ सालदेखि पुस्तकालय सेवा निरन्तर सञ्चालनरत छ । यस विद्यापीठमा प्रवेश लिएका विद्यार्थीले यहाँ उपलब्ध सामान्य प्रकृतिका ३ थान पुस्तक १ साताका लागि निःशुल्क घर लैजान पाउने एवम् वाचनालयमा रहेर सामान्य र आरक्षित पुस्तकसमेत अध्ययन गर्न पाउने व्यवस्था विद्यापीठले मिलाएको छ ।
भौतिक र परम्परित पद्धतिबाट सञ्चालित यो पुस्तकालय पौरस्त्य र आधुनिक भाषा वाङ्मयका १५ हजारभन्दा धेरै ग्रन्थहरुको संग्रह भएको सम्भवतः पूर्वी नेपालकै जेठो र ठुलो भण्डार हो । यहाँ ४ वेद, १०८ उपनिषत्, १८ पुराण, उपपुराणहरू, १ दर्जनभन्दा बढी स्मृति, आरण्यक लगायत पुराना दुर्लभ ग्रन्थहरुसमेत रहेका छन् । साथै नेपाल संस्कृत विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा पढाइ हुने विभिन्न विषयका पाठ्यपुस्तक, सहायक पुस्तक र सन्दर्भसामग्रीहरू पनि यहाँ पर्याप्त छन् । साथसाथै भाषाविज्ञान, मनोविज्ञान, पौरस्त्य आस्तिक तथा नास्तिक दर्शन, पश्चिमी भौतिकवादी दर्शन, शिक्षाशास्त्र, पत्रकारिता, आचारशास्त्र, वेदका विभिन्न भाष्य र व्याख्या लगायतका गहन तथा प्राचीन कृतिहरू पनि यहाँ उपलब्ध छन् । यहाँ संस्कृत भाषामा लेखिएका–५०६३, नेपालीका–६८७०, हिन्दीका–१४६८, अङ्ग्रेजीका–१४२१ लगायत पाली, अवधी, लिम्बू आदि भाषामा लेखिएका ३११ गरी जम्मा १५,१३३ पुस्तक संकलित छन् । २०६४ सालमा भारत सरकारद्वारा पुस्तकालय भवन निर्माण गरी विद्यापीठलाई हस्तान्तरण गरिएपछि यस पुस्तकालयलाई ‘कालीदास पुस्तकालय’ नामकरण गरिएको छ । यसै भवनको माथिल्लो तलामा कालीदास पुस्तकालय सञ्चालनरत छ ।
यो पुस्तकालय यहाँ अध्ययनरत विद्यार्थीको मात्र नभएर धेरै शोधार्थीको, संस्कृत तथा नेपाली भाषामा पुस्तक लेख्ने÷प्रकाशन गर्ने एवम् पौरस्त्य दर्शनबारे जान्न बुझ्न चाहने जिज्ञासुहरुको अध्ययन केन्द्र बनेको छ । पिण्डेश्वर पूर्वकै पुरानो संस्कृत शिक्षालय भएकाले पूर्वका संस्कृत विद्वान्हरुले विगतदेखि वर्तमानसम्म लेखेका प्रायः संस्कृत ग्रन्थ÷पुस्तक यहाँ संकलित छन् । साथै नेपाली र अन्य भाषामा लेखिएका भाषा, साहित्य, सिर्जना सम्बद्ध धेरै कृति, शोधपत्र पनि यहाँ आरक्षणार्थ संकलन गरेर राखिएका छन् । यी पुस्तकहरूको दीर्घकालीन संरक्षण र यान्त्रिकीकरण आजको मुख्य चुनौती बनेको छ । विद्यापीठले यसमा प्रयास गरिरहेको छ । यसलाई भौतिक, सङ्ख्यात्मक, गुणात्मक, भाषागत र विषयगत दृष्टिले अझ समृद्ध बनाउने योजना विद्यापीठले बनाएको छ ।
हाल यस पुस्तकालय सञ्चालनको जिम्मा कर्मचारी रामकुमार तामाङ तथा देवका घिमिरेले लिनु भएको छ । वहाँहरुले कार्यालय समयमा पुस्तकालय तथा वाचनालय सेवा प्रदान गरिरहनु भएको छ ।
प्राचार्यः
विद्यापीठको सुसञ्चालन, सुव्यवस्थापन र विकासका लागि नेपाल संस्कृत विश्वविद्यालयले हरेक ४–४ वर्षमा निकाय प्रमुखका रूपमा नयाँ प्राचार्य नियुक्त गरी विश्वविद्यालयको ऐन, नियम, निर्देशिका तथा परिपत्रअनुसार विद्यापीठ सुसञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी निजलाई दिन्छ, अतः प्राचार्य विद्यापीठको सर्वोच्च कार्यकारी पद हो । निजले विश्वविद्यालयको ऐेन, नियम र अधिकारमा रही विश्वविद्यालय सभा, कार्यकारि परिषद् एवम् ने.सं. वि. केन्द्रको निर्देशनमा रहेर पूर्णकालीन भई विद्यापीठका आवश्यक काम गर्दछन् । साथै विद्यापीठ विकास समिति र अन्य समितिहरुको सल्लाह र सुझावमा संस्थाको उन्नति हुने काम गर्छन् । नेपाल संस्कृत विश्वविद्यालय शैक्षिक तथा संगठन सम्बन्धी नियम–२०६७ परिच्छेद २१ ले प्राचार्यका २७ वटा काम, कर्तव्य र अधिकार तोकेको छ ।
हाल यस विद्यापीठमा गत २०७७ फागुन १२ गतेदेखि उपप्रा. श्री काशीनाथ पौडेल प्राचार्य पदमा कार्यरत हुुनुहुुन्छ । उहाँको सम्पर्क नं. ९८४२१७१०९९ हो ।
हाल यस विद्यापीठमा गत २०७७ फागुन १२ गतेदेखि उपप्रा. श्री काशीनाथ पौडेल प्राचार्य पदमा कार्यरत हुुनुहुुन्छ । उहाँको सम्पर्क नं. ९८४२१७१०९९ हो ।
छात्रावास–निरीक्षकः
यस विद्यापीठको १०० मिटरभित्रै रहेको पुरुष छात्रावासमा बस्ने विद्यार्थीका समस्या बुझी समाधानको पहल गर्न र त्यहाँ विद्यार्थीलाई व्यवस्थित ढङ्गबाट बसाउन विद्यापीठले १ जना छात्रावास निरीक्षकको व्यवस्था गरेको छ । निरीक्षकले विद्यार्थी र प्रशासनको सेतु भई दुवै पक्षको समन्वयमा काम गर्दछन् ।
हाल यस विद्यापीठको छात्रावास निरीक्षक पदमा उपप्रा. हरिनारायण बास्कोटा कार्यरत हुनुुहुुन्छ ।
उहाँलाई ९८४२१७१४३४ मा सम्पर्क गर्न सकिन्छ ।
हाल यस विद्यापीठको छात्रावास निरीक्षक पदमा उपप्रा. हरिनारायण बास्कोटा कार्यरत हुनुुहुुन्छ ।
उहाँलाई ९८४२१७१४३४ मा सम्पर्क गर्न सकिन्छ ।
लेखा–शाखा
विद्यापीठका सम्पूर्ण आय र व्ययका गतिविधिलाई दुरुस्त राख्न एवम् विद्यापीठका समग्र आर्थिक कारोबार पारदर्शी ढङ्गबाट सुसञ्चालन गर्न लेखाशास्त्र विज्ञ १ जना कर्मचारीको नेतृत्वमा हरेक विद्यापीठमा लेखाशाखा रहने गर्दछ । प्राचार्य एवम् निजको हस्ताक्षरबाट विद्यापीठका यावत् आर्थिक क्रियाकलाप सञ्चालन गर्दछन् । लेखा शाखाले नेपाल संस्कृत विश्वविद्यालय आर्थिक प्रशासन सम्बन्धी नियम–२०६७ एवम् नेपाल सरकार र ने.सं.वि.ले समय समयमा जारी गर्ने परिपत्र÷निर्देशनको अधीनमा रहेर लेखासम्बन्धी काम गर्दछ ।
हाल यस विद्यापीठमा का.मु.लेखा अधिकृत पदमा कार्यरत पदमबहादुर वली लेखाशाखा प्रमुख हुुनुुहुन्छ ।
उहाँलाइ मोबाइल नम्बर ९८४७८३७६९६ मा सम्पर्क गर्न सकिन्छ ।
उहाँलाइ मोबाइल नम्बर ९८४७८३७६९६ मा सम्पर्क गर्न सकिन्छ ।
प्रशासन-शाखा
विद्यापीठहरूमा प्रायः अधिकृत स्तरका कर्मचारीबाट कर्मचारी प्रशासन सञ्चालन हुने गर्दछ । निजले विश्वविद्यालय, प्राचार्य र सहायक प्राचार्यको अधीनमा रहेर विद्यापीठका प्रशासनसम्बद्ध काम गर्दछन् । साथै निजले विद्यापीठका अभिलेखलाई दुरुस्त राख्ने काम गर्दछन् । हाल यस विद्यापीठमा प्रशासन प्रमुखको जिम्मेवारी कर्मचारी श्री भेषबहादुर निरौलाले संहाल्दै आउनु भएको छ ।
उहाँलाई मोबाइल नं. ९८४२०३७५१७ मा सम्पर्क गर्न सकिन्छ ।
उहाँलाई मोबाइल नं. ९८४२०३७५१७ मा सम्पर्क गर्न सकिन्छ ।
परीक्षा–शाखा
विद्यापीठस्थित परीक्षाशाखाको काम– विद्यार्थीलाई भर्नाका लागि सिफारिस गर्ने, निजको रजिस्ट्रेसन र परीक्षा फारम भराउने, परिचयपत्र र प्रवेशपत्र वितरण गर्ने, विश्वविद्यालय र विद्यापीठले सञ्चालन गर्ने परीक्षा सम्बन्धी काम गर्ने लगायत छन् । यसका लागि विश्वविद्यालयले अधिकृत स्तरका कर्मचारीको नेतृत्वमा यस शाखाको सञ्चालन गर्दछ ।
हाल यस विद्यापीठको परीक्षा शाखामा सहायक प्रशासक श्री अच्युतप्रसाद खरेलले यो जिम्मेबारी संहाल्दै आउनु भएको छ ।
उहाँलाई मोबाइल नम्बर ९८४३५३३७१८ मा सम्पर्क गर्न सकिन्छ ।
उहाँलाई मोबाइल नम्बर ९८४३५३३७१८ मा सम्पर्क गर्न सकिन्छ ।
विद्यापीठ–विकास–समितिः
नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक तथा संगठन सम्बन्धी नियम–२०६७ को परिच्छेद ३९ ले – विद्यापीठमा जनसहभागिता जुटाई विद्यापीठलाई शैक्षिक तथा भौतिक दृष्टिबाट सबल र सक्षम बनाउने प्रयोजनका लागि ११ सदस्यीय विद्यापीठ विकास समितिको परिकल्पना गरेको छ । सो उद्देश्य प्राप्तिका लागि यहाँ विद्यापीठ विकास समिति क्रियाशील छ । उक्त समितिको सहयोगमा विद्यापीठमा शैक्षिक, भौतिक निर्माण सम्बन्धी र प्राज्ञिक गतिविधि हुने गरेका छन् । हाल यस समितिका अध्यक्षमा धरान–१४ निवासी समाजसेवी÷साहित्यकार श्री गोविन्द तिमिल्सिना हुुनुहुुन्छ ।
समितिको पूर्ण स्वरूप यस्तो छ ः
१) अध्यक्ष श्री गोविन्द तिमिल्सिना
२) सदस्य श्री खेमराज खनाल
३) सदस्य श्री अम्बिका पौडेल
४) सदस्य श्री सुमन खतिवडा
५) सदस्य श्री भेषबहादुर निरौला
६) सदस्य श्री शिवराज पोखरेल
७) सदस्य सचिव : श्री काशीनाथ पौडेल
(हाल यस समितिमा केही सदस्य थप हुन बाँकी हुनुहुुन्छ ।)
१) अध्यक्ष श्री गोविन्द तिमिल्सिना
२) सदस्य श्री खेमराज खनाल
३) सदस्य श्री अम्बिका पौडेल
४) सदस्य श्री सुमन खतिवडा
५) सदस्य श्री भेषबहादुर निरौला
६) सदस्य श्री शिवराज पोखरेल
७) सदस्य सचिव : श्री काशीनाथ पौडेल
(हाल यस समितिमा केही सदस्य थप हुन बाँकी हुनुहुुन्छ ।)
पत्रपञ्जीकरण एकाइ:
विद्यापीठमा प्राप्त हुने पत्रहरुलाई पञ्जीकरण गर्न र विद्यापीठबाट अन्यत्र पठाइने पत्रहरुलाई चलानी गर्न यहाँ छुट्टै दर्ताचलानी फाँटको व्यवस्था गरिएको छ । यस फाँटले दर्ता चलानीका अतिरिक्त पत्रव्यवस्थापन सम्बन्धी आवश्यक काम समेत गर्दछ । हाल यो फाँट कर्मचारी मञ्जु पौडेलले संहाल्नु भएको छ ।
भाण्डागार-शाखा
विद्यापीठका सम्पूर्ण चल अचल सम्पत्तिको सुरक्षा र हेरचाह गर्ने जिम्मा स्टोरको हो । साथै विद्यापीठलाई चाहिने प्रशासनिक, शैक्षणिक सामग्रीहरु भण्डारण गरी आवश्यकता अनुसार वितरण व्यवस्था मिलाउने काम स्टोर शाखाले गर्दछ । पिण्डेश्वर विद्यापीठको स्टोर शाखा कर्मचारी राजकुमार खवासको जिम्मेवारीमा सञ्चालित छ ।
सहायक–प्राचार्यः
विद्यापीठमा सञ्चालित कार्यक्रम वा संकायमा आवश्यकता अनुसार विश्वविद्यालयले सहायक प्राचार्यको नियुक्ति गर्ने गरेको छ । निजको नियुक्ति प्राचार्यको सिफारिसमा शिक्षाध्यक्षबाट २ वर्षका लागि हुने गर्दछ । निज विश्वविद्यालयको ऐन, नियम र निर्देशन एवम् प्राचार्यको मातहतमा पूर्णकालीन कर्मचारीसरह काम गर्दछन् ।
हाल यस विध्यापीठमा गत २०८० बैशाख १ गते देखी सहप्रा डा. भवानीशङ्कर भट्टराई सहायक प्राचार्य पदमा कार्यरत हुनुहुन्छ । वहाँको फोन न ९८५२०३४५६६ हो ।
प्रशासनिक–स्वरूपम्
विद्यापीठको सर्वोच्च एकाइ विद्यापीठ प्रशासन हो । त्यसलाई मार्गदर्शन गर्ने विद्यापीठ विकास समिति रहन्छ । विकास समितको सल्लाह र सहयोगमा विद्यापीठको प्रशासन परिचालित हुुन्छ । त्यस अन्तर्गत शैक्षणिक एकाइ र प्रशासनिक एकाइ रहन्छन् । शैक्षणिक एकाइ अन्तर्गत ५ वटा विभाग, त्यसअन्तर्गतका शिक्षक र विद्यार्थी रहन्छन् । त्यस्तै अनुसन्धान व्यवस्थापन एकाइ पनि शैक्षणिक एकाइ अन्तर्गत नै रहन्छ । अर्को अङ्ग प्रशासनिक एकाइमा चाहिं प्रशासन, लेखा, परीक्षा, पुस्तकालय र स्टोर रहन्छन् । यी प्रशासनिक अङ्गहरूलाई आवश्यक मार्गदर्शन गर्न टेन्डर, निर्माण, पुस्तकालय, छात्रवृत्ति छनौट लगायतका स्थायी समिति पनि रहन्छन् । यी समितिको सहयोगमा प्रशासनले सम्बद्ध कामका समस्यालाई सहजतापूर्वक समाधान गर्दछ–