Masthead Image
ANNOUNCEMENTS
📢 Admission Open for 2023-24 Academic Year   |   🎓 Congratulations to our Graduating Class of 2023   |   🏆 Our Research Team Won National Science Award   |   📚 New Library Resources Available for Students   |   🌟 Campus Ranked #1 in Regional Excellence

पुरस्कारः

Oct 12, 2022
पिण्डेश्वर विद्यापीठले विद्यार्थीका शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकासका लागि विभिन्न समयमा खेलकुदसम्बन्धी, वाक्कलाविकास सम्बन्धी र सिर्जनात्मक क्षमताविकास सम्बन्धी विभिन्न प्रतियोगिताहरु आयोजना गरेर तिनीहरुमा विजय हुनेहरुलाई पुरस्कार दिने गरेको छ । खासगरी विद्यापीठको वार्षिक उत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिन्छ । अन्य समयमा पनि यी र यस्ता प्रतियोगिता समय–समयमा हुने गर्दछन् । साथै सर्वोत्कृष्ट अङ्क ल्याई तह पार गर्ने विद्यार्थीलाई पिण्डेश्वरश्री पुरस्कार दिई हरेक वर्ष सम्मान गरिन्छ । साथै विद्यार्थीको शैक्षणिक उन्नयनका लागि विभिन्न दाता महानुभावहरुले पनि अनेकौं शैक्षणिक पुरस्कार स्थापना गर्नु भएको छ । हरेक वर्ष विभिन्न विषय र तहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई लक्ष्य गरी उदार मन भएका दाताहरूले अक्षयकोषमार्फत स्थापना गरेका पुरस्कार प्रदान गर्ने गरिएको छ । यस्ता पुरस्कारहरु पिण्डेश्वरश्री पुरस्कार, स्व.रोहिणीप्रसाद भट्टराई अर्थशास्त्र पुरस्कार, स्व.घनश्याम, सरिता, स्मृति, स्तुति दाहाल अध्ययन अनुसन्धान पुरस्कार लगायत आधा दर्जन छन् । यहाँ स्थापित पुरस्कार, तिनीहरुका संस्थापक, पुरस्कार स्थापनाका उद्देश्य, पुरस्कार पाउने योग्यता, रकम आदिबारे विस्तृत जानकारी पुरस्कार पृष्ठमा दिइएको छ ।

स्व.एलादेवी गौतम ज्योतिष पुरस्कार

शास्त्री तहमा ऐच्छिक कवर्गीय विषय ज्योतिष लिई नियमित अध्ययन गरी तह पार गर्दा (सबै वर्षको सम्पूर्ण अङ्कमा) सर्वोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

स्व. अग्निप्रसाद उपाध्याय दाहाल एवम् अरुणादेवी दाहाल वेद तथा ज्योतिष पुरस्कार

शास्त्री तहमा ऐच्छिक कवर्गीय विषय वेद तथा ज्योतिष लिई नियमित अध्ययन गरी तह पार गर्दा (चारै वर्षको सम्पूर्ण अङ्कमा) सवोत्कृष्ट अङ्क ल्याएका १–१ जना विद्यार्थी (जम्मा दुई जना) लाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

श्रीविलास तथा शिवकुमारी वाग्ले व्याकरण पुरस्कार

शास्त्री तहमा ऐच्छिक कवर्गीय विषय व्याकरण लिई नियमित अध्ययन गरी तह पार गर्दा (सबै वर्षको सम्पूर्ण अङ्कमा) सवोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

पिङ्गलादेवी दाहाल तथा एलादेवी गौतम व्याकरण पुरस्कार

शास्त्री तहमा ऐच्छिक कवर्गीय विषय व्याकरण लिई नियमित अध्ययन गरी तह पार गर्दा (सबै वर्षको सम्पूर्ण अङ्कमा) सवोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

सपने पण्डित वेद–पुरस्कार

शास्त्री प्रथम वर्षमा ऐच्छिक कवर्गीय विषय शुक्लयजुर्वेद लिई नियमित अध्ययन गरी पहिलो वर्ष उत्तीर्ण गर्दा सर्वोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

नेत्रप्रसाद काफ्ले व्याकरण पुरस्कार

शास्त्री तहमा ऐच्छिक कवर्गीय विषय व्याकरण लिई नियमित अध्ययन गरी तह पार गर्दा (सबै वर्षको सम्पूर्ण अङ्कमा) सवोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

स्व. गिरिधरशरण शर्मा वेद पुुरस्कार

शास्त्री तहमा ऐच्छिक कवर्गीय विषय वेद लिई नियमित अध्ययन गरी तह पार गर्दा (सबै वर्षको सम्पूर्ण अङ्कमा) सवोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

घनश्याम, सरिता, स्मृति, स्तुति दाहाल अध्ययन अनुसन्धान पुरस्कार

क) शास्त्री तह उत्तीर्ण गर्दा (सबै वर्षको सम्पूर्ण अङ्कमा) सर्वोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

ख) शास्त्री तहमा ऐच्छिक खवर्गीय विषय नेपाली लिई नियम अनुसार शोधकार्य समेत गरी तह पार गर्दा सबै विषयमा सर्वोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

स्व.रोहिणीप्रसाद भट्टराई अर्थशास्त्र पुरस्कार

क) शास्त्री तह उत्तीर्ण गर्दा (सबै वर्षको सम्पूर्ण अङ्कमा) सर्वोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

ख) शास्त्री तहमा ऐच्छिक खवर्गीय विषय अर्थशास्त्र लिई तह पार गर्दा (सबै विषयमा) सर्वोत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

पदमविष्णु साहित्य पुरस्कार

शास्त्री तहमा ऐच्छिक कवर्गीय विषय साहित्य लिई नियमित अध्ययन गरी तह पार गर्दा (सबै वर्षको सम्पूर्ण अङ्कमा) सर्वाेत्कृष्ट अङ्क ल्याएका १ जना विद्यार्थीलाई वार्षिक रुपमा दिइने नगद पुरस्कार ।

Other Facilities

खेलकुर्दनम्

पिण्डेश्वर विद्यापीठको पूर्वपट्टि विशाल फुटबल मैदान रहेको छ, जहाँ विद्यार्थीहरू फुटबल, क्रिकेट आदि खेल्ने…

Read More

शैक्षिक-भ्रमणम्

यस विद्यापीठमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणमा पठाउन ने.सं.वि.ले वार्षिक रूपमा निश्चित बजेट दिने…

Read More

छात्रवृत्ति:

पिण्डेश्वर विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीहरूले छात्रवृत्ति पाउँछन् । शास्त्री र आचार्य तहको पहिलो…

Read More

अल्पाहारगृहम्

यहाँ अध्ययनरत विद्यार्थी, प्राध्यापक, कर्मचारी र आगन्तुकलाई सजिलो होस् भनेर विद्यापीठले आफ्नै परिसरमा…

Read More