छात्रावासः
Sep 21, 2022
पिण्डेश्वर विद्यापीठमा शास्त्री र आचार्य तहमा अध्ययन गर्ने छात्रहरूका लागि छात्रावासको व्यवस्था रहेको छ । विद्यापीठ परिसरमै रहेको पुरुष छात्रावासमा विद्यापीठका अधिकांश छात्रहरू बस्ने गरेका छन् । दुईतले नयाँ छात्रावास र एकतले टिनले छाएको छात्रावासमा जम्मा २४ कोठा छन्, जहाँ ९६ जना विद्यार्थीहरू बस्न सक्ने क्षमता रहेको छ । छात्रावासका विद्यार्थीहरूले आफैं खाना बनाएर खाने गरेका छन् । नजिकै विद्यापीठ रहेको हुँदा छात्रावासको स्वच्छ र शान्त वातावरणमा विद्यार्थीले राम्ररी पढ्ने अवसर पाएका छन् । छात्रावासमा बस्ने विद्यार्थीहरूले छात्रावास बहुमुखी कमिटीमार्फत साप्ताहिक रूपमा साहित्यिक एवम् सांस्कृतिक कार्यक्रमहरू गरी आफ्नो प्रतिभा समेत परिष्कार गर्दै आएका छन् । विद्यापीठले निकट भविष्यमा छात्रा विद्यार्थीहरुका लागि समेत छात्रावास बनाउने योजना बनाएको छ ।
(यहाँ छात्रावासको फोटो राख्ने)
Other Facilities
खेलकुर्दनम्
पिण्डेश्वर विद्यापीठको पूर्वपट्टि विशाल फुटबल मैदान रहेको छ, जहाँ विद्यार्थीहरू फुटबल, क्रिकेट आदि खेल्ने…
Read Moreशैक्षिक-भ्रमणम्
यस विद्यापीठमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणमा पठाउन ने.सं.वि.ले वार्षिक रूपमा निश्चित बजेट दिने…
Read Moreछात्रवृत्ति:
पिण्डेश्वर विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीहरूले छात्रवृत्ति पाउँछन् । शास्त्री र आचार्य तहको पहिलो…
Read Moreपुरस्कारः
पिण्डेश्वर विद्यापीठले विद्यार्थीका शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकासका लागि विभिन्न समयमा खेलकुदसम्बन्धी,…
Read More