Masthead Image
ANNOUNCEMENTS
📢 Admission Open for 2023-24 Academic Year   |   🎓 Congratulations to our Graduating Class of 2023   |   🏆 Our Research Team Won National Science Award   |   📚 New Library Resources Available for Students   |   🌟 Campus Ranked #1 in Regional Excellence

छात्रवृत्ति:

Oct 12, 2022
पिण्डेश्वर विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीहरूले छात्रवृत्ति पाउँछन् । शास्त्री र आचार्य तहको पहिलो वर्षमा भर्ना भएको १÷२ महिनाभित्रै विद्यापीठले छात्रवृत्तिका लागि परीक्षा लिने व्यवस्था छ । उक्त परीक्षामा सफल हुने विद्यार्थीहरूले एक वर्षमा १० महिनाको नगद छात्रवृत्ति पाउँछन् । उक्त छात्रवृत्ति रकम शास्त्री तहका अन्य समूहका छात्रहरूलाई रु. ९००, छात्राहरूलाई १०००, आदिवासी, दलित र जनजाति छात्रलाई रु. १८०० एवम् आदिवासी समूहका छात्रालाई १९०० का दरले प्रतिमहिना प्रदान गर्ने व्यवस्था रहेको छ । त्यस्तै आचार्य तहमा अध्ययनरत अन्य समूहका छात्रलाई मासिक १०००, छात्रालाई ११०० एवम् अन्य समूहका छात्र तथा छात्रालाई शास्त्रीसरह नै प्रदान गर्ने व्यवस्था छ । विद्यार्थीहरूले वार्षिक परीक्षामा एकभन्दा बढी विषय अनुत्तीर्ण गरेमा दोस्रो वर्षदेखि छात्रवृत्ति पाउँदैनन् । लगनशील भई हरेक तह उत्तीर्ण गर्ने विद्यार्थीले निःशुल्क मात्र नभई छात्रवृत्तिसहित आचार्य तहसम्म अध्ययन गर्न पाउँछन् ।

Other Facilities

खेलकुर्दनम्

पिण्डेश्वर विद्यापीठको पूर्वपट्टि विशाल फुटबल मैदान रहेको छ, जहाँ विद्यार्थीहरू फुटबल, क्रिकेट आदि खेल्ने…

Read More

शैक्षिक-भ्रमणम्

यस विद्यापीठमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणमा पठाउन ने.सं.वि.ले वार्षिक रूपमा निश्चित बजेट दिने…

Read More

पुरस्कारः

पिण्डेश्वर विद्यापीठले विद्यार्थीका शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकासका लागि विभिन्न समयमा खेलकुदसम्बन्धी,…

Read More

अल्पाहारगृहम्

यहाँ अध्ययनरत विद्यार्थी, प्राध्यापक, कर्मचारी र आगन्तुकलाई सजिलो होस् भनेर विद्यापीठले आफ्नै परिसरमा…

Read More