पुस्तकालयः
Oct 12, 2022
विद्यापीठले दुईतले कालिदास भवनको माथिल्लो तलालाई पुस्तकालयका रूपमा प्रयोग गर्दै आएको छ । त्यसको एक छेउमा वाचनालय प्रकोष्ठको समेत व्यवस्था गरिएको छ । भुइँतला भने कार्यक्रमहलका रूपमा रहेको छ । विद्यापीठको पुस्तकालयमा संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका १५ हजारभन्दा धेरै पुस्तक रहेका छन् । यहाँ पाली र बङ्गाली भाषाका पुस्तक पनि सङ्गृहीत छन् । पाठ्यक्रममा निर्धारित पुस्तक र सन्दर्भग्रन्थहरूसमेत यहाँ सङ्कलित छन् । विद्यार्थीहरूले एक पटकमा तीन वटाका दरले किताब निकाल्न पाउने र पढ्दै बुझाउँदै गर्न पाउने सुविधा रहेको छ ।
छात्रावासको छेउमा विद्यार्थीहरूकै सक्रियतामा र संलग्नतामा निर्मित एवम् उनीहरूबाटै सञ्चालित अर्को संस्कृत छात्र पुस्तकालय समेत रहेको छ । त्यहाँ पनि ३२०० भन्दा धेरै संस्कृत, नेपाली, हिन्दी अङ्ग्रेजी आदि भाषाका पुस्तक रहेका छन् । ती दुवै पुस्तकालयको उपयोग विद्यार्थीले त्यहाँको नियमानुसार गर्न पाउँछन् । यहाँका पुराना र जीर्ण पुस्तकलाई माइक्रोफिल्ममा उतार्ने÷पीडीएफ बनाउने प्रयास पुस्तकालय शाखाबाट भइ रहेको छ ।
Other Facilities
खेलकुर्दनम्
पिण्डेश्वर विद्यापीठको पूर्वपट्टि विशाल फुटबल मैदान रहेको छ, जहाँ विद्यार्थीहरू फुटबल, क्रिकेट आदि खेल्ने…
Read Moreशैक्षिक-भ्रमणम्
यस विद्यापीठमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणमा पठाउन ने.सं.वि.ले वार्षिक रूपमा निश्चित बजेट दिने…
Read Moreछात्रवृत्ति:
पिण्डेश्वर विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीहरूले छात्रवृत्ति पाउँछन् । शास्त्री र आचार्य तहको पहिलो…
Read Moreपुरस्कारः
पिण्डेश्वर विद्यापीठले विद्यार्थीका शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकासका लागि विभिन्न समयमा खेलकुदसम्बन्धी,…
Read More