संस्कृतजनशक्तीनां कृते अवसरः
Oct 12, 2022
पिण्डेश्वर विद्यापीठबाट उत्पादित जनशक्ति शिक्षक एवम् प्राध्यापकका रूपमा देशभरका विद्यालय र कलेजहरूमा कार्यरत छन् । पिण्डेश्वर विद्यापीठका जनशक्तिको पहिलो रोजाइको पेसा शिक्षण नै रहेको देखिन्छ । यसैगरी विभिन्न सरकारी कार्यालयको प्रशासन फाँटतर्फ निजामती कर्मचारीका रूपमा रही यहाँका उत्पादनले कुशल सेवा प्रवाह गरिरहेका छन् । पछिल्लो समयमा यहाँका जनशक्ति युरोप एवम् अमेरिकातिरका विश्वविद्यालयका संस्कृत÷पूर्वीय शिक्षा विभागमा नियुक्त भई संस्कृत शिक्षण गर्दै आएका समेत देखिन्छन् । यसैगरी नेपाली सेना, नेपाल प्रहरी, नेपाल विद्युत् प्राधिकरण, खानेपानी संस्थान आदि अनेकौं संस्थानहरूमा समेत रही यहाँबाट उत्पादित विद्यार्थीहरूले सेवा गरिरहेका छन् । त्यस्तै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा समेत पिण्डेश्वरका जनशक्ति विस्तारित छन् । यसैगरी समाजमा पुराणवाचक, ज्योतिषी र वैदिक विधिबमोजिम कुशल ढङ्गले कर्मकाण्ड गराउने पुरोहितका रूपमा पनि पिण्डेश्वरको जनशक्तिले उच्च प्राथमिकता पाएको देखिन्छ । त्यसैले यस विद्यापीठबाट उत्पादित जनशक्तिलाई रोजगारदाताहरूले खोजीखोजीकन सम्मानका साथ रोजगारी दिने गरेका छन् ।
Other Topics
इतिहासः
वनारसबाट संस्कृत व्याकरण विषयमा उच्च शिक्षा आर्जन गरी धरान आउनु भएका शिक्षाप्रेमी युवा पं. छविलाल पोख्रेलले…
Read Moreप्राचार्य–मन्तव्यः
सरस्वतीका समुपासक समस्त विद्वत्÷स्नेहीजन † नेपाल लगायत भारतीय महाद्वीप संस्कृत शिक्षाका लागि उर्वरभूमि…
Read Moreसंस्थापना
पिण्डेश्वर विद्यापीठ शास्त्री (स्नातक) तहमा प्राच्य (संस्कृत) विषयतर्फ– शुक्लयजुर्वेद, न्याय, व्याकरण,…
Read Moreलक्ष्यम्
भविष्यमा आचार्य तहमा फलित ज्योतिष र स्नातक तहमा एकबर्से शिक्षाशास्त्री कार्यक्रम सञ्चालन गर्ने लक्ष्य…
Read More