प्राचार्य–मन्तव्यः
Oct 13, 2022
सरस्वतीका समुपासक समस्त विद्वत्÷स्नेहीजन †
नेपाल लगायत भारतीय महाद्वीप संस्कृत शिक्षाका लागि उर्वरभूमि हो । युरोप र अमेरिकातिर जतिबेला विज्ञान र प्रविधिको विकास हुँदै थियो त्यतिबेला पूर्वीय गोलाद्र्ध पनि ज्ञान र नैतिक आचरणका माध्यमबाट समाजलाई कसरी ज्ञानी, विवेकी, सहिष्णु, निष्ठावान् अनि खुशी बनाउन सकिन्छ ? हाम्रा मूल्य मान्यताहरूलाई कसरी अक्षुण्ण राख्न सकिन्छ ? यति विराट् समाजलाई के कसरी व्यवस्थित बनाई सुसञ्चालन गर्न सकिन्छ लगायतका विषयमा चिन्तन गर्दै थियो, तिनै चिन्तनको परिणामस्वरूप वेद, उपनिषत्, स्मृतिहरू, धर्मशास्त्र, पुराण लगायत सयौं विषयमा हज्जारौं ग्रन्थ रचिए । ती त्रिकालदर्शी ऋषिमहर्षिहरूले विज्ञान र प्रविधिलाई भन्दा पनि मानवमनलाई नियमन गर्ने, गुरुकुलीय शिक्षाप्रणालीलाई व्यवस्थित गर्ने, गृहस्थ र वानप्रस्थ जीवनका आचरण निर्माण गरी कार्यान्वयन गराउने कुरालाई बढी महत्त्व दिए, जसको परिणाम स्वरूप आज हामी पौरस्त्य क्षेत्र अगाध ज्ञानको भण्डार हो, समाजविज्ञानको कोशेढुङ्गो हो भनेर गर्व गर्न पाइ रहेका छौं, पौरस्त्य ज्ञानको सुगन्ध पश्चिमादेशहरूमा पनि छर्न पाइ रहेका छौं ।
ऋषिमहर्षिहरूबाट प्राप्त त्यही ज्ञान, सिप र मूल्यशिक्षाको विरासत नयाँनयाँ पुस्तामा पुस्तान्तरण गर्दै पूर्वीय आदर्शलाई विश्वभरि फैलाउन २००८ साल मङ्सिर २७ गते पिण्डेश्वर महाविद्यालय (हालको पिण्डेश्वर विद्यापीठ) स्थापना भएको हो । २००८ सालतिर नेपालमा उच्चशिक्षाका खासै विकल्प नहुँदा यसले राष्ट्रको मेरुदण्ड नै भएर काम गरेको कुरा सर्वविदितै छ । समयको गतिशीलतासँगै अहिले व्यवसायिक शिक्षा मूलप्रवाहमा र ज्ञानपरक शिक्षा चाहिं किनारामा पर्दै गएको र त्यसै अनुसार जिज्ञासुहरूको पनि आकर्षण बढ्दै गएको बुझिए पनि हामी ज्ञान, ध्यान, मूल्यशिक्षा र मौलिक शैक्षिक सम्पदालाई आजको व्यावसायिक शिक्षा सँगसँगै लैजानुपर्छ÷चिनाउनुपर्छ भन्ने कुरामा दृढ भई उद्देश्यप्राप्तिमा प्रयासरत छौं । आजको भौतिक दुनियाँ वैभव र भौतिक सुखबाट सन्तुष्ट हुन नसकी जीवनमूल्यको खोजीमा भौतारिइ रहेको पनि हामीले बुझेका छौं अतः हामी प्राच्य र आधुनिक विषयगत ज्ञान, प्रविधि र जीवनकला सिकाउने यस सरस्वतीको मन्दिरमा एकपटक प्रवेश गर्न समस्त सरस्वतीका समुपासक जिज्ञासु जनहरूमा हार्दिक निमन्त्रण गर्दछौं ।
Other Topics
इतिहासः
वनारसबाट संस्कृत व्याकरण विषयमा उच्च शिक्षा आर्जन गरी धरान आउनु भएका शिक्षाप्रेमी युवा पं. छविलाल पोख्रेलले…
Read Moreसंस्थापना
पिण्डेश्वर विद्यापीठ शास्त्री (स्नातक) तहमा प्राच्य (संस्कृत) विषयतर्फ– शुक्लयजुर्वेद, न्याय, व्याकरण,…
Read Moreसंस्कृतजनशक्तीनां कृते अवसरः
पिण्डेश्वर विद्यापीठबाट उत्पादित जनशक्ति शिक्षक एवम् प्राध्यापकका रूपमा देशभरका विद्यालय र कलेजहरूमा…
Read Moreलक्ष्यम्
भविष्यमा आचार्य तहमा फलित ज्योतिष र स्नातक तहमा एकबर्से शिक्षाशास्त्री कार्यक्रम सञ्चालन गर्ने लक्ष्य…
Read More