Masthead Image
ANNOUNCEMENTS
📢 Admission Open for 2023-24 Academic Year   |   🎓 Congratulations to our Graduating Class of 2023   |   🏆 Our Research Team Won National Science Award   |   📚 New Library Resources Available for Students   |   🌟 Campus Ranked #1 in Regional Excellence

संस्थापना

Oct 12, 2022
पिण्डेश्वर विद्यापीठ शास्त्री (स्नातक) तहमा प्राच्य (संस्कृत) विषयतर्फ– शुक्लयजुर्वेद, न्याय, व्याकरण, साहित्य, ज्योतिष, धर्मशास्त्र तथा आधुनिक विषयतर्फ– नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र र आचार्य (स्नातकोत्तर) तहमा व्याकरण र साहित्य विषयको अध्यापन गर्ने पूर्वी नेपालको जेठो शैक्षिक केन्द्र हो । हाल यो नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा सेवारत छ । यो विद्यापीठ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वार्ड नं. १४ विजयपुरमा अवस्थित छ । वि.सं. २००४ मा धरान सिंहदेवी मन्दिरदेखि उत्तरतर्फ रहेको दुईधारे पाटीमा तत्कालीन शिक्षाप्रेमी महानुभावहरूको सक्रियतामा र पण्डित छविलाल पोख्रेलको नेतृत्वमा स्थापित श्रीराम संस्कृत पाठशालालाई पिण्डेश्वर मन्दिर परिसरमा स्थानान्तरण गर्ने निर्णय गरी तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहबाट वि.सं.२००८ मङ्सिर २७ गते पिण्डेश्वर महाविद्यालयको समुद्घाटन गरिएपछि यसले पिण्डेश्वर मन्दिरको पाटी (अट्टालिका) बाट पठनपाठन एवम् कार्यालयीय सेवा सुरु गरेको हो । टाढाबाट आउने विद्यार्थीलाई आवासको असुविधा भएपछि उनीहरूले यसै पाटीलाई छात्रावासका रूपमा समेत प्रयोग गरेको बुझिन्छ । यसरी तत्कालीन पिण्डेश्वर महाविद्यालय (हालको पिण्डेश्वर विद्यापीठ) को विधिवत् स्थापना भएको हो ।

संस्थापनाकालीन शिलालेख पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Other Topics

इतिहासः

वनारसबाट संस्कृत व्याकरण विषयमा उच्च शिक्षा आर्जन गरी धरान आउनु भएका शिक्षाप्रेमी युवा पं. छविलाल पोख्रेलले…

Read More

प्राचार्य–मन्तव्यः

सरस्वतीका समुपासक समस्त विद्वत्÷स्नेहीजन † नेपाल लगायत भारतीय महाद्वीप संस्कृत शिक्षाका लागि उर्वरभूमि…

Read More

संस्कृतजनशक्तीनां कृते अवसरः

पिण्डेश्वर विद्यापीठबाट उत्पादित जनशक्ति शिक्षक एवम् प्राध्यापकका रूपमा देशभरका विद्यालय र कलेजहरूमा…

Read More

लक्ष्यम्

भविष्यमा आचार्य तहमा फलित ज्योतिष र स्नातक तहमा एकबर्से शिक्षाशास्त्री कार्यक्रम सञ्चालन गर्ने लक्ष्य…

Read More