Deprecated: Optional parameter $folder declared before required parameter $filename is implicitly treated as a required parameter in /home/pindeshwar/backend/app/Controllers/Frontend.php on line 370
Introduction - Pindeshwar
+977 25 570285
infopindeshwor@nsu.edu.np
Masthead Image
ANNOUNCEMENTS
📢 Admission Open for 2023-24 Academic Year   |   🎓 Congratulations to our Graduating Class of 2023   |   🏆 Our Research Team Won National Science Award   |   📚 New Library Resources Available for Students   |   🌟 Campus Ranked #1 in Regional Excellence

संस्कृतं किमर्थं आवश्यकम् ?

Sep 05, 2022
संस्कृत विश्वकै प्राचीन भाषा हो । संस्कृतमा लेखिएको ऋग्वेद विश्वकै पुरानो ग्रन्थ हो । विश्वका अधिकांश भाषामा संस्कृतको प्रभाव रहेको छ । संस्कृत वाङ्मयभित्र दर्शन, साहित्य एवम् ज्ञानविज्ञानका अनेकौं विषय छन् । संस्कृत भाषामा ‘वसुधैव कुटुम्बकम्’, ‘सर्वे भवन्तु सुखिनः’, ‘मित्रस्य चक्षुषा समीक्षामहे’, ‘मातृदेवो भव’, ‘पितृदेवो भव’ जस्ता समानता, भ्रातृता, मेलमिलाप र सम्मानका उदार विचारहरू सङ्गृहीत छन् । संस्कृत भाषामै योग, आयुर्वेद, प्राकृतिक चिकित्सा, ज्योतिषजस्ता जीवनोपयोगी र वैज्ञानिक ज्ञानराशिहरू सन्निहित छन् । चार वेद, उपनिषद्, अठार पुराण, रामायण, महाभारतजस्ता विश्वप्रसिद्ध ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् । धर्मशास्त्र, न्याय, व्याकरण, साहित्य आदि विषयका ग्रन्थहरूले संस्कृतको गरिमालाई उच्च बनाएका छन् । संस्कृत भाषामा लेखिएका हज्जारौं प्राचीन ताम्रपत्र, भुर्जपत्र, शिलालेख, ऐतिहाकि अभिलेख, पुस्तक, इस्तिहार, कानुनी कागज आदि नेपाल तथा भारतमा यत्रतत्र रहेका छन् । तिनीहरू पढ्न, ती मार्फत तत्कालीन राजनीति, समाज, परम्परा आदि बुझ्न र तिनीहरूमाथि अनुसन्धान गर्न संस्कृतको ज्ञान अपरिहार्य छ । संस्कृतको प्रभाव हिन्दी, बंगाली, नेपाली आसामी, उडिया, मैथिली, भोजपुरी, कन्नड, तमिल लगायतका भारोपेली भाषापरिवारका भारतवर्षका ५० भन्दा धेरै भाषामा प्रत्यक्ष छ भने अङ्ग्रेजी, ल्याटिन, ग्रीक आदि अन्य भाषामा पनि अप्रत्यक्षतः देखिन्छ । अन्य धेरै भाषा गतिशील भएकाले ती भाषामा लेखिएका प्राचीन अभिलेख पढ्न र बुझ्न धेरै कठिन छ तर संस्कृत प्राचीनदेखि आधुनिक युगसम्म सदाबहार रहेकाले यस भाषामा निबद्ध प्राचीन अभिलेख पढ्न र बुझ्न सहज छ । यही कुरा बुझेर अहिले युरोपीय कतिपय देशमा यसप्रति आकर्षण बढिरहेको देख्न पाइन्छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हो, यसमा पदसंरचना उल्टोपाल्टो भएपनि अर्थमा फरक पर्दैन । त्यस्तै निश्चित र स्पष्ट व्याकरणिक नियम अनि कम वैकल्पिकता र गतिशीलताले गर्दा संस्कृत भाषा कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठह¥याइएको छ । त्यसैगरी अन्तरिक्षमा यात्रा गरिरहेका व्यक्तिलाई पृथ्वीबाट सन्देश पठाइँदा अन्य भाषाका वाक्य उल्टोपाल्टो भई अर्को अर्थ पनि लाग्न सक्ने तर संस्कृतका वाक्य भने उल्टिएर पनि उही अर्थ लाग्ने विशेषता रहेको छ । अतः अँध्यारोबाट उज्यालोको यात्राका लागि, धार्मिक, आध्यात्मिक, नैतिक चेतनाका लागि एवम् आत्मगौरव र स्वाभिमानका लागि संस्कृत शिक्षा आवश्यक छ । संस्कृत उच्चारणको छुट्टै महत्त्व रहेको छ । संस्कृतका मन्त्र, सूत्र र श्लोकहरूको सही उच्चारण अभ्यासले हाम्रो श्वास प्रश्वासप्रणालीलाई लाभ पुग्छ, यसबाट हामी नीरोगी, दीर्घजीवी र प्रसन्नचित्त बन्छौं, खुम्चिएका नसा तन्किन्छन्, फोक्सोको अभ्यास भई यसको कार्यक्षमता बढ्छ, सास गन्हाउने समस्या क्रमशः हटेर जान्छ, केही–केही केटाकेटीका बोलीमा देखिने तोतेपन, भकभकपन र लरबरपन क्रमशः हटेर जान्छ । यसका साथै देवनागरी वर्ण र शब्दहरूको सही उच्चारण अभ्यासका लागि पनि संस्कृत श्लोक, मन्त्र, सूत्र र अनुच्छेदको उच्चारण अभ्यास गर्न संस्कृतको ज्ञान अति आवश्यक देखिन्छ ।

Other Topics

इतिहासः

वनारसबाट संस्कृत व्याकरण विषयमा उच्च शिक्षा आर्जन गरी धरान आउनु भएका शिक्षाप्रेमी युवा पं. छविलाल पोख्रेलले…

Read More

प्राचार्य–मन्तव्यः

सरस्वतीका समुपासक समस्त विद्वत्÷स्नेहीजन † नेपाल लगायत भारतीय महाद्वीप संस्कृत शिक्षाका लागि उर्वरभूमि…

Read More

संस्थापना

पिण्डेश्वर विद्यापीठ शास्त्री (स्नातक) तहमा प्राच्य (संस्कृत) विषयतर्फ– शुक्लयजुर्वेद, न्याय, व्याकरण,…

Read More

संस्कृतजनशक्तीनां कृते अवसरः

पिण्डेश्वर विद्यापीठबाट उत्पादित जनशक्ति शिक्षक एवम् प्राध्यापकका रूपमा देशभरका विद्यालय र कलेजहरूमा…

Read More