अनुसन्धान व्यवस्थापन एकाइ (Research Management Cell)
यस विद्यापीठमा अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्न र विद्यापीठका विभिन्न एकाइबाट सञ्चालन हुने अनुसन्धानसम्बन्धी क्रियाकलापलाई व्यवस्थित गर्न शिक्षाध्यक्ष कार्यालयको निर्देशनमा २०७८ मा अनुसन्धान व्यवस्थापन एकाइ (Research Management Cell- RMC) गठन गरिएको छ । यो यहाँको अनुसन्धानात्मक अवयव हो । यसले विद्यापीठका अनुसन्धानसम्बन्धी क्रियाकलाप सञ्चालन गर्दछ । अनुसन्धान व्यवस्थापन एकाइ (Research Management Cell- RMC) ले विद्यापीठका अनुसन्धानात्मक क्रियाकलाप सञ्चालन र व्यवस्थापन, अनुसन्धानका मापदण्ड निर्धारण, समितिको नियमन लगायतका कार्य गर्न छुट्टै विधान निर्माण गरेर यस विद्यापीठका प्राध्यापकहरूको सभाबाट २०७८ मा पारित गराई लागू समेत गरको छ । यसले शोधप्रभा नाउँको ई जर्नल समेत समय समयमा प्रकाशन गर्ने गरेको छ । साथै निश्चित संख्यामा लघुअनुसन्धान सञ्चालन, अनुसन्धान कार्यशाला गोष्ठी लगायतका गतिविधि गर्ने गर्दछ । यस एकाइको अग्रसरता र विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा पिण्डेश्वर विद्यापीठले २०७९ असार १०–१२ गतेबिच ३ दिने प्राध्यापन क्षमताविकास तालिम सञ्चालन गरेको थियो । हाल यस एकाइमा उपप्रा.डा. महानन्द तिमिल्सिना संयोजक हुनुहुुन्छ । यस समितिको वर्तमान स्वरूप निम्न अनुसार रहेको छ ।
अनुसन्धान व्यवस्थापन एकाइको वर्तमान कार्यसमिति
१) संयोजक : उपप्रा. डा. महानन्द तिमिल्सिना२) सदस्य : उपप्रा. डा. नित्यानन्द खतिवडा
३) सदस्य : उपप्रा. डा. पुष्पलाल न्यौपाने
४) सदस्य : सहायकप्रा. अम्बरराज ढकाल
५) सदस्य–सचिव : उपप्रा. डा. रमेशकुमार लिम्बू