पिण्डेश्वरविद्यापीठस्य प्रकाशनानि (Publication Of Pindeshwas Campus)
पिण्डेश्वरविद्यापीठस्य प्रकाशनानि (Publication of Pindeshwas Campus)
पिण्डेश्वर विद्यापीठले २०४८ सालदेखि प्रभा पत्रिकाको नियमित प्रकाशन गर्दै आएको छ । यसलाई विद्यापीठका गतिविधि, यहाँका सिर्जना र समालोचना एवम् अनुसन्धान समेटेर प्रकाशित गरिँदै आएको छ । त्यस्तै यहाँको प्राध्यापक संघले २०६८ सालदेखि प्रज्ञाज्योति नाउँको जर्नल प्रकाशन गर्न थालेको देखिन्छ । त्यस्तै यहाँ क्रियाशील प्राध्यापक तथा विद्यार्थीका विभिन्न वैचारिक संघ/संगठनहरूले पनि २०१६ सालदेखि आजसम्म आइपुग्दा ११ वटा मुखपत्र/कार्यपत्र/सिर्जनात्मक पत्रिका/जर्नल प्रकाशित गरेका छन् । यहाँ तिनीहरूको प्रकाशनक्रम अनुसार क्रमशः चर्चा गरिन्छ ।क) नेपाल–२०१६
यस विद्यापीठमा क्रियाशील विद्यार्थीका वैचारिक संघ/संगठनले पनि समसामयिक, सिर्जनात्मक र समालोचनात्मक विषय समेटेर समय–समयमा पत्रिका प्रकाशित गर्ने गरेका छन् । त्यस्ता पत्रिकामध्ये पहिला छात्रसंघ र पछि नेपाल विद्यार्थी संघबाट प्रकाशित नेपाल पत्रिका सबैभन्दा जेठो हो । यसका अङ्कहरू २०१६ सालदेखि १–२ वर्षको अन्तरालमा १ अङ्कका दरले छापिँदै ५७ वर्ष (२०७५ साल) मा आइपुग्दा ४२ वटा प्रकाशित भएका छन् । यसका प्रथम सम्पादक टीकाप्रसाद शर्मा वस्ती हुनुहुन्थ्यो भनी दोस्रो प्रकाशन पीपलमा उल्लेख गरिएको भए पनि यसका २०४७ अघिका अङ्क प्राप्त हुन सकेका छैनन् ।ख) पीपल–२०२४
२०२४ सालदेखि प्रकाशित हुँदै कहिले रोक्किँदै आएको दोस्रो पत्रिका पीपल हो । संस्कृत छात्र पुस्तकालय पिण्डेश्वरबाट यसको प्रकाशन हुँदै आएको देखिन्छ । २०३४ सालसम्म यसका ९ अङ्क प्रकाशित भएका र त्यसपछि लामोसमयसम्म रोकिएका देखिन्छन् । यसका प्रथम सम्पादक पनि प्रा.टीकाप्रसाद शर्मा वस्ती नै देखिनुहुुन्छ । वहाँले पहिलो अङ्कको सम्पादकीयमा २०२४ साल फागुन २७ गते उल्लेख गर्नु भएकाले यही मितिबाट यसको प्रकाशनारम्भ भएको देखिन्छ । २०३४ पछि यसको प्रकाशन स्थगित भए पनि २०६४ सालमा गिरिराज खतिवडाको प्रधान सम्पादकत्वमा दसौं अङ्क प्रकाशित भई त्यसपछि भने यसले विश्राम लिएको देखिन्छ । जम्मा १० अङ्क प्रकाशित यस पत्रिकामा यस भेगका तत्कालीन सिर्जना र समालोचनाले स्थान पाएका छन् । पीपलका विभिन्न विषयबारे पिण्डेश्वरका पूर्वविद्यार्थी यज्ञप्रसाद गुरागाई (हाल धनुकुटामा बहुमुखी क्याम्पसमा सेवारत) ले शोधअनुसन्धान र पुस्तक प्रकाशन गर्दै हुुनुहुुन्छ ।ग) विकासचर्चा–२०३१
पिण्डेश्वर विद्यापीठको अर्थशास्त्र विभागबाट २०३१ पछि प्रकाशित विकास–चर्चा पत्रिका यहाँको अर्थशास्त्र विभागको मुखपत्र देखिन्छ । यसलाई उक्त विभागर्ले योजनाचर्चा पीठ’ नाउँको प्रकाशकमार्फत प्रकाशन गरेको बुझिन्छ । यसका प्रधान सम्पादक अर्थशास्त्र विभागका तत्कालीन प्राध्यापक रघुनाथ वर्मा हुनुहुन्छ । यसले त्यतिबेला त्रि.वि. अनुसन्धान महाशाखाबाट समेत मान्यता पाएको बुझिन्छ । यसका अङ्कहरू २–३ वर्षका अन्तरालमा छापिएका देखिन्छन् । वि.सं. २०३९ सालमा चौथो अङ्क छापिएपछि यो प्रकाशित हुन सकेको छैन । यसले अर्थशास्त्रीय विषयहरुलाई महत्त्व दिएको बुझिन्छ ।घ) लालीकिरण–२०३८–०३९
वि.सं. २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनको स्थापना भई सबै क्याम्पसहरुमा यसको चुनाव हुँदा यस विद्यापीठमा पनि चुनाव भएको बुझिन्छ । त्यसपछि यस संस्थाले २०३८–०३९ सालबाट लालीकिरण नाउँको पत्रिका प्रकाशन आरम्भ गरेको अभिलेखबाट प्रमाणित भएको छ । सम्भवतः यसका जम्मा ३ अङ्कमात्रै छापिएको हुनुपर्दछ । २०६३ सालमा प्रकाशित यसको अङ्कमा वर्ष–२३ (२४ हुनुपर्नेमा गल्ती भएको) र किरण–२ (अङ्क–२) एवम् २०६४ मा प्रकाशित अङ्कमा वर्ष २५ र किरण–३ लेखिएको छ । स्ववियूबाट प्रकाशित पत्रिका भएकाले यसमा विशेषतः स्ववियूका गतिविधि र विद्यार्थीका सिर्जनात्मक, समालोचनात्मक गतिविधि समाविष्ट देखिन्छन् ।ङ) लेखनाथ प्रवचनमाला– २०४१
२०४१ सालमा देश तथा विदेशमा कविशिरोमणि लेखनाथ पौड्यालको शतवार्षिकी मनाउने क्रममा पिण्डेश्वर विद्यापीठमा पनि त्रिदिवसीय कार्यक्रम गरिएको थियो । त्यस अवसरमा विभिन्न विद्वान् कार्यपत्र प्रस्तोता महानुभावबाट कविशिरोमणिका विविध विषयमा कार्यपत्र पेस गरिएका थिए । ती कार्यपत्रलाई संकलन गरी विद्यापीठले लेखनाथ प्रवचनमाला नाउँको संग्रह प्रकाशित गरेको थियो । यो पत्रिका नभई संस्मरणात्मक/ अनुसन्धानात्मक/अनुभूतिपरक संकलन थियो ।च) प्रभा–२०४८
पिण्डेश्वर विद्यापीठको मुखपत्र प्रभा पत्रिकाको प्रकाशनारम्भ २०४८ सालबाट भएको हो । सुरुमा यो पिण्डेश्वर विद्यापीठको मुखपत्र नाउँबाट प्रकाशित हुन्थ्यो तर पछिल्ला दिनहरुमा यसलाई सामयिकी भन्ने गरिएको छ । जे भनिए पनि यसले मुख्यतः विद्यापीठका गतिविधि र अंशतः विद्यापीठ परिवारका सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानात्मक लेख–रचनाहरुलाई प्रकाशित गर्दै आएको छ । विद्यापीठ स्थापनाको स्वर्णवर्ष २०५८ सालमा प्रभाले यस विद्यापीठसँग सम्बन्धित पुराना अभिलेख, विगतको शैक्षिक, प्रशासनिक, प्राज्ञिक इतिहास आदि संकलन गरेर गहकिलो संग्रह प्रकाशन गरेको छ । वि.सं. २०७८ सालमा यो प्रकाशन सुरु भएको ३० वर्ष पूरा भएको छ । यसबिच यसका जम्मा १६ अङ्क प्रकाशित भएका छन् भन्ने कुरा २०७८ श्रीपञ्चमीमा प्रकाशित वर्ष–२९, अङ्क–१६ बाट स्पष्ट हुन्छ । यसको ISSN अङ्क २०९१–००२९ हो ।छ) मर्यादा–२०५२
तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयले विशेषतः धर्मशास्त्रसम्बद्ध र अंशतः भाषिक, साहित्यिक खोज अनुसन्धान र गतिविधिलाई प्रकाशित गर्ने उद्देश्यले शास्त्रानुसन्धान परिषत् स्थापना गरी संस्कृत विद्यापीठ भएका सबै विकास क्षेत्रमा यसका शाखाहरू विस्तार गरेको थियो र तीमार्फत प्रतिवर्ष प्रत्येक शाखाबाट मर्यादा नाउँको पत्रिका प्रकाशित हुने गर्दथ्यो । उक्त परिषत्को पूर्वाञ्चल शाखा चाहिं २०५० सालमा स्थापना भएको र यसको कार्यालय पनि पिण्डेश्वर विद्यापीठ रहेको बुझिन्छ । वि.सं. २०५२ देखि यस शाखाले पनि मर्यादा पत्रिकाको प्रकाशन आरम्भ ग¥यो । यसपछि प्रतिवर्ष १ अङ्कका दरले प्रकाशित हुँदै यसका ४ वटा अङ्क छापिएका छन् । २०५२ सालमा मर्यादा (पूर्वाञ्चल शाखा) को वर्ष–१, अङ्क–१, २०५३ सालमा वर्ष–२, अङ्क–३ (दोस्रो अङ्कबारे जानकारी हुन सकेन) एवम् २०५४/०५५ मा वर्ष–३ अङ्क–४ छापिएका छन् । यसका सबै अङ्कका प्रधान सम्पादक टीकाप्रसाद शर्मा वस्ती हुनुहुन्छ । २०५४ पछि भने यसले निरन्तरता पाउन सकेन ।ज) निष्ठा –२०६७
पिण्डेश्वर विद्यापीठमा क्रियाशील प्रगतिशील प्राध्यापक संगठनले २०६७ वैशाखदेखि निष्ठा नाउँको अनुसन्धानात्मक वार्षिक जर्नल प्रकाशनारम्भ गरेको देखिन्छ । विद्यापीठमा कार्यरत तत्कालीन उपप्राध्यापक भीमप्रसाद खतिवडाको नेतृत्वको सम्पादक मण्डलबाट प्रकाशनारम्भ गरिएको उक्त जर्नल बहुभाषिक, अनुसन्धानात्मक र संस्कृतवाङ्मयमा केन्द्रित देखिन्छ । त्यसपछि २०६९ साल वैशाखमा वर्ष–२ (वर्ष–३ हुनु पर्ने), अङ्क–२, २०७१ श्रावणमा मा वर्ष ३ (वर्ष–५ हुनु पर्ने) अङ्क–३, एवम् २०७८ चैत्रमा वर्ष–१० (वर्ष–११ हुनु पर्ने) अङ्क–४ गरी हालसम्म यसका ४ अङ्क प्रकाशित भएका छन् । यसमा संस्कृत, नेपाली र अङ्ग्रेजी भाषाका साहित्य, व्याकरण, भाषा, ज्योतिष आदि विषयका अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । यसले शिक्षामन्त्रालय नेपाल राष्ट्रिय पुस्तकालय भक्तपुरबाट ISSNअङ्क समेत प्राप्त गरेको छ । यसको ISSN २०९१–००३७ हो । यसको चौथो अङ्कका लेखहरु विज्ञद्वारा समीक्षित देखिन्छन् ।झ) गवेषणा–२०६८
पिण्डेश्वर विद्यापीठमा क्रियाशील प्रजातन्त्रवादी प्राध्यापक संघले २०६८ श्रावणदेखि गवेषणा नाउँको अनुसन्धानात्मक वार्षिक जर्नल प्रकाशनारम्भ गरेको देखिन्छ । विद्यापीठमा कार्यरत तत्कालीन उपप्राध्यापक भवानीशङ्कर भट्टराईको नेतृत्वको सम्पादक मण्डलबाट प्रकाशनारम्भ गरिएको उक्त जर्नल बहुभाषिक, अनुसन्धानात्मक र संस्कृतवाङ्मयमा केन्द्रित देखिन्छ । त्यसपछि २०६९ वैशाखमा वर्ष–२, अङ्क–२, २०७० चैत्रमा वर्ष–३ अङ्क–३ एवम् २०७५ भदौमा वर्ष–४ (वर्ष ८ हुनु पर्ने) अङ्क–४ गरी हालसम्म यसका ४ अङ्क प्रकाशित भएका छन् । यसमा संस्कृत, नेपाली र अङ्ग्रेजी भाषाका साहित्य, व्याकरण, भाषा, ज्योतिष आदि विषयका अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । यसले शिक्षामन्त्रालय नेपाल राष्ट्रिय पुस्तकालय भक्तपुरबाट क्ष्क्क्ल् अङ्क समेत प्राप्त गरेको छ । यसको ISSN अङ्क २३६२–१३७० हो । यसको चौथो अङ्कका लेखहरु विज्ञसमीक्षित छन् ।ञ) प्रज्ञाज्योति–२०६९
ने.सं.वि. प्राध्यापक संघ पिण्डेश्वर विद्यापीठको प्रकाशकत्वमा २०६९ साल वैशाखदेखि प्रज्ञाज्योति नाउँको जर्नलको वर्ष–१, अङ्क–१ प्रकाशनारम्भ भएको देखिन्छ । यस जर्नलका प्रथम सम्पादक प्राध्यापक वंशीधर शर्मा कट्टेल हुुनुहुन्छ । त्यसपछि २०७४ भदौमा वर्ष–५ अङ्क–२ तथा २०७८ असोजमा वर्ष–७ अङ्क–३ गरी जम्मा ३ अङ्क प्रकाशित भएका छन् । यसमा संस्कृत, नेपाली र अङ्ग्रेजी भाषाका साहित्य, व्याकरण, भाषा, ज्योतिष आदि विषयका अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । यसले शिक्षामन्त्रालय नेपाल राष्ट्रिय पुस्तकालय भक्तपुरबाट क्ष्क्क्ल् अङ्क समेत प्राप्त गरेको छ । यसको ISSN अङ्क २३६२–१३६२ हो । यसको चौथो अङ्क विज्ञसमीक्षित रहेको छ ।ट) प्रगति–२०७०
प्रगति पिण्डेश्वर विद्यापीठमा क्रियाशील विद्यार्थीहरुको वैचारिक संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको मुखपत्र हो । यसको प्रकाशनारम्भ लेखनाथ खनालको प्रधान सम्पादकत्वमा २०७० सालबाट सुरु भएको हो । त्यसपछि २०७५ सालमा यसको दोस्रो अङ्क छापिएको देखिन्छ । यसले विद्यार्थी संगठनका गतिविधिका साथै उनीहरुका सिर्जनात्मक, समालोचनात्मक र समसामयिक विषयलाई प्रस्तुत गरेको देखिन्छ ।ठ) भित्तिपत्रिकाः (Wall papers)
पिण्डेश्वर विद्यापीठका विद्यार्थीबाट आफ्ना साहित्यिक/समसामयिक प्रतिभा प्रस्फुटन गराउन समयसमयमा विभिन्न भित्ते पत्रिका पनि प्रकाशित गरिएका छन् । अभिलेखका लागि तल तिनीरुको नाम र प्रकाशक संस्था उल्लेख गरिन्छ ।प्रभात : नेपाल विद्यार्थी संघ पिण्डेश्वर, विद्यापीठ धरान ।
हिमाल : छात्रावास बहुमुखी कमिटी, पिण्डेश्वर विद्यापीठ धरान ।
प्रगति : अनेरास्ववियू प्रा.क., पिण्डेश्वर विद्यापीठ धरान ।
रक्तिम : अनेरास्ववियू सहप्रा.क., पिण्डेश्वर विद्यापीठ धरान ।
कल्याण : युवा रेडक्रस सर्कल, पिण्डेश्वर विद्यापीठ धरान ।
प्रतिबिम्ब : मुरलीधर पोखरेल लगायतबाट २०५२ सालमा संस्कृतमा प्रकाशित, पिण्डेश्वर विद्यापीठ धरान ।
टेम्पेस्ट : अङ्ग्रेजी विषयका विद्यार्थी समूह, पिण्डेश्वर विद्यापीठ धरान ।
यी पत्रिका २०५०–६० को सेरोफेरोमा निस्किएका छन् । यिनीहरूले पनि विद्यार्थीका सिर्जनशील र समालोचनात्मक प्रतिभा निखार्नमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।